Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अष्ट्रेलियामा विदेशी विद्यार्थीको भिसा शुल्क एकैपटक दोब्बर बढीले बृद्धि, के–के भयो परिवर्तन ?

अष्ट्रेलियामा विदेशी विद्यार्थीको भिसा शुल्क एकैपटक दोब्बर बढीले बृद्धि, के–के भयो परिवर्तन ?

बुधवार, आषाढ १९ २०८१
  • अष्ट्रेलिया सरकारले विदेशी विद्यार्थीहरुले तिर्नु पर्ने भिसा शुल्कमा अत्याधिक बृद्धि गरेको छ ।

    जुलाई १ बाटै कार्यान्वयनमा आएको भिसा शुल्क अनुसार अब विदेशी विद्यार्थीले १६०० डलर झण्डै १ लाख ४३ हजार रुपैयाँ तिर्नु पर्ने छ । यसअघि ७१० अष्ट्रेलियन डलर (६३ हजार ३२४) रुपैयाँ रहेको थियो । 

    images

    अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजको सरकारले हालै विदेशी विद्यार्थीको संख्यामा कीर्तिमानी वृद्धि भएपछि यो कदम चालेका हुन् । अब यसको असर नेपाली विद्यार्थीमा पनि पर्ने छ ।

    गत वर्ष नेपालबाट १ लाख बढी विद्यार्थीहरुले गत वर्ष नो अब्जेक्सन लेटर लिएकोमा ५० प्रतिशत बढी अष्ट्रेलिया पुगेका छन् ।

    यो संख्या यसबर्ष पनि थप बढ्ने भएकाले करोडौं रकम नेपाली विद्यार्थीले अष्ट्रेलिया अध्ययनमा जानका लागि भिसा प्राप्त गर्नका लागि खर्च गर्ने छन् । उक्त रकम भिसा प्राप्त नभएमा फिर्ता पनि हुने छैन ।  

    नयाँ प्रणालीपछि अस्ट्रेलियामा विद्यार्थी भिसा लिन अमेरिका र क्यानडाभन्दा महँगो भएको छ । हाल शुल्क अमेरिकामा १८५ डलर र क्यानडामा १५० क्यानेडियन डलर छ । 

    अष्ट्रेलियाका शीर्ष अनुसन्धान विश्वविद्यालयहरू (द युनिभर्सिटी अफ सिड्नी र द युनिभर्सिटी अफ मेलबर्न लगायत) को प्रतिनिधित्व गर्ने समूह अफ एटले यसमा निराशा ब्यक्त गरेको छ ।

    यी हुन् विद्यार्थी भिसामा गरिएका परिवर्तन

    –अहिले अष्ट्रेलियन सरकारले विद्यार्थीलाई प्रदान गर्ने भिसामा जीएसटीलाई हटाएर जीएस बनाएको छ । सो अन्तर्गत विद्यार्थीहरुले चार वटा प्रश्नको जवाफ दिनुपर्ने छ ।

    – अग्रेजी भाषाको परीक्षाको आइएलटीए स्कोर न्युनतम ५.५ बाट बढाएर ६ अंक अनिवार्य रुपमा राखिएको छ । कुल आईएलटीएस स्कोर ६.५ पुर्याएको छ ।

    – विद्यार्थीहरुले अध्ययनका लागि अष्ट्रेलिया जादाँ देखाउनुपर्ने रकम २१ हजार ४१ डलरबाट बढाएर २४ हजार ५०५ पुगेको छ । साथै अष्ट्रेलियन सरकारले विद्यार्थी भिसा शुल्क पनि ६५० डलरबाट बढाएर ७१५ डलर बनाइएको पुर्याएको छ ।

    –अष्ट्रेलियन सरकारले स्नातकोत्तर अध्ययन गरेका विद्यार्थीहरूलाई पढाईसकेपछि दिने भिसाको अवधि तीन वर्षबाट घटाएर दुई वर्ष बनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार