Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ

अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ

बैदेशिक रोजगार पोस्ट
सोमवार, श्रावण १९ २०८२
  • काठमाडौं । अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।

    पक्राउ पर्नेमा बाग्लुङको ढोरपाटन नगरपालिका–५ घर भएकी ४८ वर्षीया मीना कुँवर छिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सातदोबाटोबाट पक्राउ गरेको हो ।

    images

    उनले अमेरिका पठाउने भन्दै एक व्यक्तिबाट ९ लाख रुपैयाँ ठगी गरेको आरोप छ । पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार