Nov 03 2026 | २०८३ कार्तिक १८ गते

मुग्लिन–नारायणगढ सडकमा अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह

मुग्लिन–नारायणगढ सडकमा अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह

सोमवार, आषाढ २९ २०८३
  • काठमाडौँ । निरन्तरको वर्षामा पनि मुग्लिन–नारायणगढ सडक खण्डमा सवारी आवागमन सञ्चालनमै रहेको छ । सडक डिभिजन कार्यालय, भरतपुरले आज एक सूचना जारी गर्दै उक्त सडक खण्डमा सवारी चलिरहेको जानकारी दिएको हो ।

    सो क्षेत्रमा अहिले लगातार पानी परिरहेको छ । वर्षायामको समय भएकाले यस सडक खण्डमा पहिरो खस्ने जोखिम उच्च रहेको भन्दै सडक डिभिजन कार्यालयले यात्रु तथा सवारी चालकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    images

    कार्यालयले भनेको छ, ‘वर्षायामको समयमा यस क्षेत्रमा पहिरोको जोखिम कायमै रहेकोले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्नुहुन सम्पूर्णलाई हार्दिक आग्रह गरिन्छ ।

    पहिरोको उच्च जोखिम रहने यस सडक खण्डमा यात्रा गर्नुअघि अनिवार्य रूपमा सडक खुला रहे/नरहेको पछिल्लो अपडेट लिन सुझाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार