Nov 03 2026 | २०८३ कार्तिक १८ गते

कर्रा खोलाले ट्रक बगायो, चालकले पौडेर ज्यान जोगाए

कर्रा खोलाले ट्रक बगायो, चालकले पौडेर ज्यान जोगाए

सोमवार, आषाढ २९ २०८३
  • काठमाडौँ ।  मकवानपुरको हेटौंडामा कर्रा खोलाले ट्रक बगाउँदा चालक घाइते भएका छन् ।

    हेटौंडा उपमहानगरपालिका–१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक कर्रा खोलामा आएको बाढीले आइतबार बिहान ट्रक बगाएको हो।

    images

    ट्रकसंगै बगेका चालक चितवनको रत्ननगर नगरपालिका–१३ निवासी करिब ३४ वर्षीय दीपक थिङ पौडिएर सुरक्षित बाहिर निस्किएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव माधव काफ्लेका अनुसार बिहान करिब ७ः४५ बजे कर्रा खोलामा आएको बाढीका कारण ह्युमपाइप राखेर बनाइएको कल्भर्ट (लच्का) माथिबाट खोला बगेको थियो । पानीको बहाव थप बढ्दा सिमेन्ट फ्याक्ट्रीमा ढुंगा अनलोड गरेर फर्किरहेको ना ७ ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक चालकसहित बगाएको उनले बताए ।

    चालकको खुट्टामा सामान्य चोट लागेको र हाल उपचाररत रहेको प्रवक्ता काफ्ले बताए । बाढीले बगाएको ट्रक भने खोलामै रहेको र निकाल्ने प्रयास भइरहेको उनले बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार