Nov 03 2026 | २०८३ कार्तिक १८ गते

‘अपर तामाकोशीको लागत कसरी बढ्यो, छानबिन समिति गठन गरौं’

‘अपर तामाकोशीको लागत कसरी बढ्यो, छानबिन समिति गठन गरौं’

सोमवार, आषाढ २९ २०८३
  • काठमाडौँ । अपर तामाकोशीको लागत बढेको सम्बन्धमा छानबिन समिति गठनको माग उठेको छ ।

    सोमबार अर्थ समितिमा बैठकमा राष्ट्रिय गौरवका आयोजनाको प्रगतिका सम्बन्धमा राष्ट्रिय योजना आयोगसँग भएको छलफलमा सांसदहरूले यस्तो माग गरेका हुन् ।

    images

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुशील खड्काले सुरुमा ३२ अर्ब भनिएको अपर तामाकोशी बनाउन अन्तिममा ९१ अर्बसम्म कसरी पुग्यो भन्ने विषयमा छानबिन गर्नुपर्ने बताए । यो अध्ययनले अन्य आयोजनामा लागत र समय बढ्ने समस्याको समाधान हुनसक्ने उनको भनाइ छ ।

    उनले ४० को दशकमा बनेका सिँचाई आयोजनाहरू अहिलेसम्म पनि जस्ताको तस्तै रहनुको कारण समेत खोज्नुपर्ने बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार