Nov 01 2026 | २०८३ कार्तिक १६ गते

एभरेस्ट ढोका उद्योगमा आगलागी

एभरेस्ट ढोका उद्योगमा आगलागी

शुक्रवार, जेठ १५ २०८३
  • काठमाडौँ । नेपालगन्ज उपमहानगरपालिका-२१ नयाँ बस्तीस्थित एभरेस्ट काष्ठ ढोका उद्योगमा आगलागी भएको छ । आज दिउँसो करिब ३ः०० बजे भएको आगलागी अहिलेसम्म नियन्त्रण हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    बाँके र बर्दिया जिल्लाका विभिन्न स्थानीय तहबाट आएको बारणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवराज थापाले बताए । उनका अनुसार आगलागीको कारण र क्षति विवरण अझै आएको छैन । काठ उद्योग भएकाले आगो नियन्त्रण गर्न निकै कठिनाइ भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

    images



     

     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार