काठमाडौँ । सरकारले काठमाडौँ तराई द्रुत मार्गमा (फास्ट ट्र्याक) का लागि १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । शुक्रबार सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो बताए ।
‘फास्ट ट्र्याकमा ४० वटा पुल र ५।४ किलोमिटर सुरुङ निर्माण गर्ने छौँ । र द्रुतमार्गको लिङ्क रोड निर्माण सुरु गर्ने छौँ । यस मार्गको लागि १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेका छु ।’



