Nov 01 2026 | २०८३ कार्तिक १६ गते

विकास आयोजनासम्बन्धी सनसेट कानुन ल्याइने

विकास आयोजनासम्बन्धी सनसेट कानुन ल्याइने

शुक्रवार, जेठ १५ २०८३
  • काठमाडौँ । सरकारले  चालु आर्थिक वर्षभित्रै विकास आयोजनासम्बन्धी सनसेट कानुन संसद्मा पेस गर्ने घोषणा गरेको छ ।

    अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट संसद्मा  प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । वैदेशिक मुद्रामा अफसोर बन्ड स्थापना गरिने पनि उनले बताए ।

    images

    विदेशबाट पुँजी संकलन गर्न वैदेशिक मुद्रामा अफसोर बन्डहरु स्थापना गरिने र आगामी आर्थिक वर्षदेखि हेजिङ फन्डको सुरुवात गरिने बताए । गैर आवासीय नेपालीलाई धितोपत्र बजारमा सहभागी गराउन कानुन परिमार्जन गरिने पनि बजेट वक्तव्यमा उल्लेख छ । त्यसका लागि धितोपत्रको दोस्रो बजारमा सहभागी गराउन विदेशी लगानीको स्वीकृति, लगानीको लेखांकन, नाफा फिर्ता र पुँजीगत लाभ कर सम्बन्धी कानुनी व्यवस्थामा परिमार्जन गर्ने घोषणा गरेको हो ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार