Nov 01 2026 | २०८३ कार्तिक १६ गते

घरघरमा राहदानी पुर्‍याउने कार्यको थालनी

घरघरमा राहदानी पुर्‍याउने कार्यको थालनी

शुक्रवार, जेठ १५ २०८३
  • काठमाडौं । जिल्ला हुलाक कार्यालयले चितवनले घरघरमा राहदानी पुर्‍याउन सुरु गरेको छ।

    हाल दैनिक २० देखि ३० थान राहदानी घरघरमा पुर्‍याउन थालिएको जिल्ला हुलाक कार्यालय चितवनका कार्यालय प्रमुख शालिकराम बस्यालले जानकारी दिए।

    images

    पहिले चिठीपत्र पुर्‍याउने कार्यमा सीमित हुलाक सेवा अहिले पार्सल, इसएमएसल तथा राहादनीलगायत सेवा घरघरमा पुर्‍याउनमा लागिपरेको छ।

    सरकारले जारी गरेको प्रशासनिक सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना लागू गर्ने कार्यअन्तर्गत घरघरमा सेवा पुर्‍याउन थालिएको हो।

    हुलाक सेवामार्फत हाल ७१ देशका ९३ गन्तव्य सहरसम्म सेवाको पहुँच रहेको जिल्ला हुलाक कार्यालयले बताएको छ।

    भरतपुर महानगरपालिकाभित्र पाँच वटा, राप्ती नगरपालिकामा चार वटा तथा खैरहनी र रत्ननगर नगरपालिकामा एक–एक वटा अतिरिक्त हुलाक कार्यालय सञ्चालनमा छन्।

    जिल्ला हुलाक कार्यालय तथा मातहतका कार्यालयमा स्थायी, अस्थायी र करार गरी ७२ जना कर्मचारी कार्यरत छन्।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार