Nov 01 2026 | २०८३ कार्तिक १६ गते

जेन जेड आन्दोलनका घाइतेलाई पूर्ण रूपमा जेन जेड कार्ड वितरण गर्न सांसदको माग

जेन जेड आन्दोलनका घाइतेलाई पूर्ण रूपमा जेन जेड कार्ड वितरण गर्न सांसदको माग

मंगलवार, जेठ १२ २०८३
  • काठमाडौँ । प्रतिनिधि सभा बैठकको शून्य समयमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आकृति अवस्थीले जेन जेड आन्दोलनका घाइतेहरूलाई उपलब्ध गराइने परिचयपत्र वितरण प्रक्रिया अझै अपूर्ण रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।

    उनका अनुसार गत भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनका क्रममा घाइते भएका कुल २ हजार ६२३ व्यक्तिमध्ये हालसम्म ७५० जनाले मात्र “जेन जेडकार्ड” प्राप्त गरेका छन्। बाँकी घाइतेलाई समेत तत्काल उक्त कार्ड उपलब्ध गराउन उनले माग गरिन्।

    images

    सांसद अवस्थीले आन्दोलनका क्रममा परिवर्तनका लागि सहभागी भएका व्यक्तिहरू उपचार र राज्यबाट पाउने सुविधाबाट वञ्चित हुन नहुनेमा जोड दिँदै बाँकी घाइतेलाई समेत समान रूपमा सेवा र पहिचान सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याइन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार