Oct 28 2026 | २०८३ कार्तिक १२ गते

फिल्म ‘लालीबजार’ ले ५ करोड बढी कमाउँदा ‘गुरुआमा’ र ‘मालती मंगले’ को कति ?

फिल्म ‘लालीबजार’ ले ५ करोड बढी कमाउँदा ‘गुरुआमा’ र ‘मालती मंगले’ को कति ?

सोमवार, जेठ ११ २०८३
  • काठमाडौँ । फिल्म ‘लालीबजार’ ले बक्स अफिसमा ५ करोड ७६ लाख बढी व्यवसाय गर्न सफल भएको छ । चलचित्र विकास बोर्डले पछिल्लो शनिबारसम्मको सार्वजनिक गरेको बक्स अफिस रिपोर्टका अनुसार फिल्मको आम्दानी ५ करोड ७६ लाख ३९ हजार ४७१ रुपैयाँ ग्रस रहेको छ ।

    यो अवधिमा फिल्मको टिकट १ लाख ९६ हजार ४०६ जना दर्शकले हेरेका छन् । फिल्म गत वैशाख २५ गतेबाट प्रदर्शनमा आएको थियो । त्यस्तै, सोही मितिमा प्रदर्शनमा आएको फिल्म ‘मालती मंगले’ को आम्दानी भने जम्मा ५१ लाख ६३ हजार ५९३ रुपैयाँ ग्रस रहेको कमाएको छ ।

    images

    यो फिल्मको टिकट १६ हजार १३७ वटा बिकेको छ । एकै मितिमा प्रदर्शनमा आएका तीन फिल्ममा ‘गुरुआमा’ले सबैभन्दा थोरै कमाएको छ ।

    यो फिल्मको आम्दानी २९ लाख ४२ हजार ५७६ रहेको छ । यो फिल्मलाई ९ हजार ३२७ जना दर्शकले हेरेको देखिन्छ । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार