Oct 28 2026 | २०८३ कार्तिक १२ गते

दक्षिण-पूर्वी एसियाका ‘स्क्याम सेन्टर’ बाट ६८७ नेपालीको उद्धार

दक्षिण-पूर्वी एसियाका ‘स्क्याम सेन्टर’ बाट ६८७ नेपालीको उद्धार

शनिवार, जेठ ९ २०८३
  • काठमाडौं । परराष्ट्र मन्त्रालयले दक्षिण–पूर्वी एसियाका विभिन्न देशमा गैरकानुनी ‘अनलाइन स्क्याम सेन्टर’मा फसाइएका ६ सय ८७ जना नेपालीको उद्धार गरिएको जानकारी दिएको छ ।

    परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले थाइल्यान्डको सीमा क्षेत्रमा रहेका कम्बोडिया, म्यानमार, लाओसमा खोलिएका स्क्याम सेन्टरहरूमा ठगिएका नेपालीको पहिचान र उद्धार भइरहेको बताए ।

    images

    शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता क्षेत्रीले थाइल्यान्ड र म्यानमारस्थित नेपाली नियोगहरूको पहल तथा सम्बन्धित निकायको समन्वयमा यसअघि ६ सय १६ जना र पछिल्लो दुई सातामा थप ७१ जना गरी ६ सय ८७ जनाको उद्धार गरिएको जानकारी दिए ।

    परराष्ट्र मन्त्रालयले हालसम्म म्यानमारबाट १ सय ११, कम्बोडियाबाट ५ सय ६२, लाओसबाट ८ र थाइल्यान्डबाट ६ नेपालीको उद्धार गरेर नेपाल फर्काइएको बताएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार