Oct 28 2026 | २०८३ कार्तिक १२ गते

प्राविधिकको बाँकी पारिश्रमिक ९ दिनभित्र नदिए अदालत जाने नेफ्टाको चेतावनी

प्राविधिकको बाँकी पारिश्रमिक ९ दिनभित्र नदिए अदालत जाने नेफ्टाको चेतावनी

बुधवार, बैशाख ३० २०८३
  • काठमाडौँ । चलचित्र प्राविधिक संघ (नेफ्टा)ले चलचित्र प्राविधिकहरूको बाँकी पारिश्रमिक ९ दिनभित्र भुक्तानी गर्न निर्माता तथा सम्बन्धित पक्षलाई चेतावनी दिएको छ । संघले बुधबार एक विज्ञप्ति जारी गर्दै समयमै पारिश्रमिक नपाउँदा प्राविधिकहरू आर्थिक र मानसिक दबाबमा परेको बताएको हो ।

    ‘कलाकारको पारिश्रमिक र बजार बढे पनि प्राविधिकको मेहनतअनुसार पारिश्रमिक नबढेको र धेरैजसोले महिनौँसम्म रकम नपाउने अवस्था छ’, संघको विज्ञप्तिमा भनिएको छ ‘यस्तो प्रवृत्तिले उद्योगभित्र श्रमिकमाथिको अन्याय बढाएको छ ।’

    images

    संघले हाल विभिन्न चलचित्रमा काम गरेका प्राविधिकको बाँकी पारिश्रमिक विज्ञप्ति जारी भएको मितिले ९ दिनभित्र अनिवार्य रूपमा भुक्तानी गर्न माग गरेको हो । साथै बजारको महँगी र श्रमको मूल्यअनुसार प्राविधिकको पारिश्रमिक पुनरावलोकन गरी समयमै भुक्तानी सुनिश्चित गर्न पनि आग्रह गरेको छ ।

    तोकिएको समयभित्र माग पूरा नभए बाँकी रकम रहेका चलचित्रको छायाङ्कन तथा प्राविधिक काम तत्काल रोक्ने र पारिश्रमिक नदिने निर्माता र निर्माण कम्पनीलाई सार्वजनिक रूपमा ‘ब्ल्याकलिस्ट’ गर्ने तथा आवश्यक परे श्रम अदालतमा कानुनी उपचार खोजिने संघले जनाएको छ ।

     

    696739216_26659041150422370_8719883620514415341_n697896225_26659042673755551_2769265877274132314_n

     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार