Oct 28 2026 | २०८३ कार्तिक १२ गते

‘मन विनाको धन–२’ पूजा शर्मा अनुबन्ध

‘मन विनाको धन–२’ पूजा शर्मा अनुबन्ध

मंगलवार, बैशाख २९ २०८३
  • काठमाडौँ । गतवर्ष रिलिज भएको फिल्म ‘मन विनाको धन’को सिक्वेल बन्ने भएको छ । निर्माता निर्देशक टंक बुढाथोकीले नै फिल्मको सिक्वेल बनाउने भएका हुन् । फिल्मको मुख्य अभिनेत्रीको रूपमा उनले पूजा शर्मा फाइनल गरेका छन् ।

    टंक आफैले निर्देशन गर्ने फिल्म टंक बुढाथोकी प्रोडक्सनको दोस्रो प्रस्तुति रहनेछ । फिल्ममा पटकथा तथा संवाद शिवम् अधिकारीको छ । फिल्ममा कथा र संगीत पनि टंककै रहनेछ ।

    images

    भदौबाट छायाङ्कन सुरु हुने बताइएको फिल्ममा अरूको कलाकार रहने हुन् भन्ने बिषयमा निर्माण पक्षले केही पनि बताएको छैन ।

    ‘हामी, अहिले प्रि–प्रोडक्सनको काममा व्यस्त छौं । सुरुवातमै पूजाजीलाई फिल्ममा अनुबन्धित गरेका छौं । अरू, कलाकारहरुलाई पनि एकपछि अर्को रूपमा अनुबन्धित गर्ने तयारी भइरहेको छ’, टंकले भने ।

    अभिनेत्री शर्माले फिल्मको कथा राम्रो लागेर जोडिएको बताइन् । फिल्मलाई विष्णु माया मैनालीले निर्माण गर्ने छिन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार