Oct 28 2026 | २०८३ कार्तिक १२ गते

छोटो छोटो जिन्दगी’मा स्मारिका र विक्रमको अभिनय

छोटो छोटो जिन्दगी’मा स्मारिका र विक्रमको अभिनय

आइतवार, बैशाख २७ २०८३
  • काठमाडौं । गायिका शान्तिश्री परियार र गायक विक्रम जङ्ग थापाको स्वर रहेको गीत ‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ सार्वजनिक भएको छ। द्रोण अधिकारीको शब्द र करण न्यौपानेको सङ्गीत रहेको गीतले एक क्यान्सर पीडित महिला र उनको श्रीमान्को कथा भन्छ ।

    गीतको म्युजिक भिडियोमा क्यान्सरको अन्तिम अवस्थामा पुगेकी एक युवती मोडल स्मारिका ढकाल र उनलाई स्याहार गरिरहेका श्रीमान् मोडल विक्रम जङ्ग थापाको भावनात्मक सम्बन्धलाई देखाइएको छ । अस्पतालको बेडमा मृत्युसँग लडिरहेकी पत्नी र उनलाई बचाउन श्रीमान्ले गरेको सङ्घर्ष र उनीहरूबीचका सुखद सम्झनाहरूलाई भिडियोमा कलात्मक ढङ्गले बुनिएको छ ।

    images

    क्रान्ति केसीको निर्देशन र सम्पादन रहेको भिडियो अजय रेग्मीले छायाङ्कन गरेका हुन् । 

     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार