Oct 28 2026 | २०८३ कार्तिक १२ गते

कलाकार सङ्घको अध्यक्षमा उत्तम र सविन भिड्दै, अरू क–कसले दिए उम्मेदवारी ?

कलाकार सङ्घको अध्यक्षमा उत्तम र सविन भिड्दै, अरू क–कसले दिए उम्मेदवारी ?

आइतवार, बैशाख २७ २०८३
  • काठमाडौँ । नेपाल चलचित्र कलाकार सङ्घमा चुनावी माहौल तातेको छ । जेठ ३ गते हुने सङ्घको महाधिवेशनका लागि शनिबार उम्मेदवारी दर्ता भएको छ । जसमा अध्यक्ष पदका लागि वरिष्ठ कलाकार उत्तम केसी र अभिनेता सविन श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

    त्यस्तै, उपाध्यक्ष पदका लागि उद्धवप्रसाद भट्टराई, डिलबहादुर तामाङ, पनाह अधिकारी, पुजना प्रधान, राजेन्द्र बस्नेत तथा शिवहरि नेपालले उम्मेदवार दिएका छन् । महासचिव पदमा रामेश्वर बर्माकोटी र सुनिल कटवालको उम्मेदवारी परेको छ भने सचिव पदमा गोपाल ढकाल र पल्पसा डंगोलले उम्मेदवारी दिएका छन् ।

    images

    त्यसैगरी, कोषाध्यक्ष पदमा तेजकुमारी खतिवडा, पवित्रा आचार्य तथा रञ्जना खड्का प्रतिस्पर्धामा छन् । सह–कोषाध्यक्ष पदमा पवन केसी र शारदा नेपालको उम्मेदवारी परेको छ ।

    सदस्यका लागि २८ जना कलाकारले उम्मेदवारी दिएका छन् । जसमा अनुमति नेपाली, अशोक धिताल, इन्द्रबहादुर लामा (खम्बे), कोशिश क्षेत्री (पराजुली), गोकुल सुवेदी, चन्द्रकला दाहाल (मोनिका), चन्द्रकला राई (लब्ली संगम), छुल्ठिम डोल्मा गुरुङ, जीवन थापा, दमन रुपाखेती, दावा फिन्जो तामाङ, धनबहादुर तामाङ, नम्रता खरेल, नम्रता योगी, नवीनकुमार श्रेष्ठ, प्रेम पाण्डे (पुण्य प्रसाद), मञ्जुदेवी तुलाधार, रश्मीला भट्ट (कार्की), राजेन्द्र गोसाई, लक्ष्मण चौलागार्ईं (खिन्ते काक), विनोदकुमार भट्टराई, श्रीदेव भट्टराई, सरिता राजोपाध्याय, सामना सिटौला, सुपा खनाल, सुमन सागरजंग केसी, सूर्यमान शंकर (सुलेमान) तथा हरि चन्द्र फुयाँललगायत रहेका छन् ।  

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार