Oct 29 2026 | २०८३ कार्तिक १३ गते

रेमिट्यान्सको १० प्रतिशत मात्रै सामूहिक लगानी गर्नसके देशको मुहार फेरिन्छ : शर्मा

रेमिट्यान्सको १० प्रतिशत मात्रै सामूहिक लगानी गर्नसके देशको मुहार फेरिन्छ : शर्मा

शनिवार, फाल्गुण ३० २०८२
  • काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष राजेन्द्रकुमार शर्माले वैदेशिक रोजगारीबाट भित्रिने विप्रेषण (रेमिट्यान्स) लाई सामूहिक लगानीमार्फत ठूला आयोजनामा लगाउनुपर्नेमा जोड दिएका छन् ।

    एनआरएनएको १२ औं ग्लोवल कन्फरेन्सलाई सम्बोधन गर्दै पूर्वअध्यक्ष शर्माले श्रमिकले पठाएको पैसाको ठूलो हिस्सा उपभोग्य क्षेत्रमा खर्च भइरहेको भन्दै त्यसलाई पुँजी निर्माणमा जोड्न सरकार र सरोकारवालाको ध्यानाकर्षण गराएका हुन् ।

    images

    शर्माले वार्षिक करिब २० खर्ब रुपैयाँ रेमिट्यान्स आउने गरेको र त्यसको करिब ७० प्रतिशत हिस्सा उपभोग्य क्षेत्रमा खर्च भइरहेको बताए ।

    शर्माले एनआरएनएले ५ वर्षअघि अघि बढाएको १० अर्बको लगानी कोष अझै कार्यान्वयनमा नआएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

    महिनाको १० हजार रुपैयाँ लगानी गर्न चाहने श्रमिकहरूलाई कोषमा आवद्ध गराउने भनिए पनि काम अघि नबढ्दा श्रमिकलाई ढाँटेको जस्तो भान हुन थालेको भन्दै उनले सरकारले यसलाई तत्काल सम्बोधन गर्नुपर्ने माग गरे ।

    ऊर्जा क्षेत्रमा लगानीको आवश्यकता औंल्याउँदै ३ हजार मेगावाट बिजुली मात्र उत्पादन गर्नसके ८० अर्बको कुकिङ ग्यास आयात घटाउन सकिने र ८ देखि १० हजार मेगावाटले इन्धन आयात ८० प्रतिशतले प्रतिस्थापन गर्न सकिने बताए ।

    ‘यदि हामीले वैधानिक च्यानलबाट आउने २० खर्बको १० प्रतिशत मात्रै पनि सामूहिक लगानीमार्फत जम्मा गर्न सक्यौं भने २ खर्बको पुँजी निर्माण हुन्छ,’ उनले भने, ‘त्यो पुँजीले देशमा धेरै ठूला आयोजनाहरू सम्पन्न गर्न सकिन्छ । श्रमिकहरूको लगानी भोलि पेन्सनको रूपमा वचत गर्न अब ढिलो भइसकेको छ ।’

    मध्यपूर्वको पछिल्लो राजनीतिक घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै शर्माले त्यहाँ रहेका करिब २० लाख नेपाली श्रमिकको रोजगारी गुमेमा नेपालको स्थिति डरलाग्दो हुने चेतावनी दिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार