Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

विदेश पठाउँछौँ भन्दै ठगेको आरोपमा ४ जना पक्राउ

विदेश पठाउँछौँ भन्दै ठगेको आरोपमा ४ जना पक्राउ

बुधवार, श्रावण १४ २०८२
  • काठमाडौँ । वैदेशिक रोजगारीमा पठाउँछौँ भन्दै ठगेको आरोपमा प्रहरीले काठमाडौँबाट ४ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–४ घर भएका ३५ वर्षीय सुजन बिक, सर्लाहीको चक्रघट्टा घर भएका ३४ वर्षीय सतेन्द्र अधिकारी, सोलुखुम्बु घर भएका २६ वर्षीय नविन खड्का र सर्लाहीको विष्णु गाउँपालिका–७ घर भएका ४१ वर्षीय राज नारायण महतो छन् ।

    images

    सुजन बिकले जापान पठाउँछु भनेर ८ लाख ५० हजार ठगेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अङ्गुर जिसीले बताए । सतेन्द्र अधिकारीले ९० हजार र नविन खड्काले ३ लाख ठगी गरेको आरोप छ । कुवेत पठाउँछु भनेर राज नारायण महतोले २ लाख ५० हजार ठगेको भेटिएको छ ।

    आरोपीहरूलाई थप अनुसन्धान र कारवाहीका लागी वैदेशिक रोजगार विभाग, ताहाचलमा पठाइएको एसपी जिसीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार