Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजागारीमा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजागारीमा ठगी गर्ने दुई जना पक्राउ

सोमवार, जेठ ५ २०८२
  • काठमाडौं । वैदेशिक रोजागारीमा पोल्याण्ड र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । वैदेशिक रोजागारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड र बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेकाे हाे  ।

    पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-५ बस्ने दैलेख भगवतीमाई गाउँपालिका-१ घर भएका ३५ वर्षीय हिक्मत कुमार थापा र काठमाडौं महानगरपालिका- २९ बस्ने बारा आदर्श कोतवाल गाउँपालिका-८ घर भएका ३० वर्षीय जिक्रुल्लाह मिया रहेका छन् ।

    images

    पक्राउ मध्ये हिक्मतले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख १० हजार रूपैयाँ र जिक्रुल्लाहले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हिक्मतलाई टोखा नगरपालिका-५ बाट र जिक्रुल्लाहलाई ललितपुर महानगरपालिका-२ बाट पक्राउ गरेको हो ।

    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार