Oct 28 2026 | २०८३ कार्तिक १२ गते

हिमालयन रिइन्स्योरेन्सले पायो वैदेशिक रोजगार बीमा पुलको प्रबन्धकको जिम्मेवारी

हिमालयन रिइन्स्योरेन्सले पायो वैदेशिक रोजगार बीमा पुलको प्रबन्धकको जिम्मेवारी

शुक्रवार, बैशाख १२ २०८२
  • काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले वैदेशिक रोजगार जीवन बीमा पुलको प्रबन्धकका रुपमा काम गर्ने जिम्मेवारी पाएको छ।

    नेपाल बीमा प्राधिकरणले हिमालयन रिलाई सामूहिक बीमा कोष र खाता सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी दिएको हो। गत चैत ४ गते प्राधिकरणमा भएको छलफलबाट दुवै पुनर्बीमकको आपसी सहमतिमा हाललाई वैदेशिक रोजगार बीमालेखबापत प्राप्त रकम जम्मा गर्न सामूहिक बीमा कोषको कोष र खाता हिमालयन रिलाईले सञ्चालन तथा व्यवस्थापन गर्ने निर्णय भएको प्राधिकरणले जनाएको छ।

    images

    वैदेशिक रोजगार म्यादी बीमा पुल सञ्चालनसम्बन्धी निर्देशन, २०८१ को दफा ५ मा प्राधिकरणबाट इजाजतपत्र प्रत्येक पुनर्बीमकले ४–४ वर्षका लागि पालैपालो कोष प्रबन्धकका रुपमा कार्य गर्ने व्यवस्था रहेको छ।

    सोही निर्देशिनबमोजिम प्राधिकरणले अबको ४ वर्षका लागि हिमालयन रिलाई बीमा पुल सञ्चालनको जिम्मेवारी दिएको हो। अब सोहीबमोजिम गर्न गराउन जीवन बीमक र पुनर्बीमकलाई प्राधिकरणल निर्देशन दिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार