Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ८६ प्रतिशतले बढ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ८६ प्रतिशतले बढ्यो

सोमवार, माघ २८ २०८१
  • काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ८६ प्रतिशतले बढेको छ ।

    चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिक विवरणअनुसार खुद नाफा २३ करोड ९ लाख रुपैयाँ पुगेको छ । कम्पनीका अनुसार गत आवको सोही अवधिको खुद नाफा १२ करोड ३६ लाख रुपैयाँ थियो ।

    images

    सिटिजन लाइफको खुद प्रिमियम आम्दानी ३ अर्ब १८ करोड छ । यसअघि २ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो । आम्दानी बढेसँगै सिटिजन लाइफको प्रतिसेयर आम्दानी ११.७३ रुपैयाँ पुगेको छ । यसअघि ६.६० रुपैयाँ थियो ।

    सिटिजन लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी ३ अर्ब ९३ करोड रुपैयाँ छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार