Oct 28 2026 | २०८३ कार्तिक १२ गते

मृतकको विमा स्वीकृत

साउदीमा ४५० मृतकको विमा स्वीकृत, पाए १४२ का परिवारले मात्रै

साउदीमा ४५० मृतकको विमा स्वीकृत, पाए १४२ का परिवारले मात्रै

आइतवार, माघ २० २०८१
  • काठमाडौं । साउदी अरबमा कार्यस्थलमा मृत्यु वा अंगभंग हुनेका परिवारलाई यहाँको जनरल अर्गनाइजेसन अफ सोसल इन्सुरेन्स (गोसी) ले सामाजिक सुरक्षा वीमा रकम दिन्छ। कार्य दुर्घटनामा मृत्यु भएमा ८४ महिना बराबरको तलव अर्थात ३ लाख ३० हजार साउदी रियाल दिइन्छ। घाइते वा अंगभंग हुनेलाई दामासाहीले गोसीबाट वायर ट्रान्फरमार्फत हकवालाको बैक खातामा सिधै भुक्तानी दिने व्यवस्था छ।

    सन् २००२ देखि हालसम्म साउदीमा करीव ७ सय नेपाली (ज्यान तथा अंगभंग भएका) घटना दर्ता छन। तीमध्ये ४ सय ५० जना मृतकको बिमा स्वीकृत भइसकेको छ। तर, मृतकका हकवालाले सामाजिक सुरक्षा बिमा (गोसि)रकम वापतको रकम भने पाउन वाँकी छ। पछिल्लो आठ महिनामा १६६ जना मृतकका हकवालाको खातामा गोसीबाट सिधै वायर ट्रान्सफर गरी करिब ४२ करोड रुपैयाँ पठाइएको दूतावासका प्रथम सचिव टिकाराम उपाध्यायले जानकारी दिए।

    images

    २०५ जना मृतकको कागजात गोसीमा पेस भई कार्य प्रक्रियामा रहेको, ६९ जनाको दुर्घटना स्वीकृत भएको र २६१ (रियाद अन्तर्गतका ११५ र जेद्दा अन्तर्गतका १४६) जनाका हकवालालाई गोसी प्राप्त हुने-नहुने सम्बन्धमा एकिन नभएको प्रथम सचिव उपाध्यायले जानकारी दिए।

    प्रथम सचिव उपाध्यायले कार्यालय समयका अतिरिक्त साँझ बिहान र बिदाका दिनमा समेत यस विषयमा काम भइरहेको बताए। ‘करिब ७ सय फाइल (नेपाली कन्सुलेट जनरल, जेद्दा कार्य क्षेत्रको समेत गरी) एकत्रित गर्‍यौं। हरेक फाइलको अध्ययन गरी गोसी कार्यालय र सम्बन्धित रोजगारदाता कम्पनी समेतको समन्वयमा दुर्घटना स्वीकृत भए नभएको पत्ता लगाउने काम गर्‍यौं,’ उपाध्यायले भने, ‘त्यसपछि गोसी स्वीकृत भएका घर परिवारसँग पुगी आवश्यक कागजात तयार गरी पठाउनको लागि कन्सुलर सेवा विभाग र वैदेशिक रोजगारमा रहेका नेपालीलाई लक्षित गरी नेपालमा काम गरिरहेको सेफर माइग्रेसन प्रोग्राम (सामी)सँगको समन्वयमा काम भइरहेको छ।’

    मृतकका हकवालासँग पुग्नको लागि साउदी अरबमा क्रियाशील गैरआवासीय नेपाली संघ, विभिन्न राजनीति पार्टीका भ्रातृ संगठन, सामाजिक, जातीय, क्षेत्रीय संघसंस्था नागरिक समाज तथा मिडियाकर्मीहरू समेतको संलग्नतामा करिब १०४ सदस्य रहेको ह्वाटसएप ग्रुप निर्माण गरी सम्बन्धित हकवाला परिवारसँग पुग्ने काम भइरहेको समेत उनले जानकारी दिए।

    साउदी अरबमा काम गर्ने अधिकांश नेपाली अदक्ष श्रमिक रहेको र उनीहरूको वेसिक तलब नै कम हुन्छ। अर्कोतर्फ रोजगारदाता कम्पनीले त्यही कम तलब पनि पूरै गोसी प्रणालीमा उल्लेख नगर्ने हुनाले मृतकका हकवालाले पाउने सुविधा अत्यन्त कम रहेको उपाध्यायले बताए। गोसी के हो, कसरी रकम जम्मा हुन्छ, कुन–कुन अवस्थामा कति सुविधा पाइन्छ, हकवाला को को हुनु ? लगायतको विषयमा जानकारी लिन नेपाली राजदूतावासको फेसबुक पेज तथा वेबसाइट हेर्न र साउदी अरवका कार्यरत नेपाली श्रमिकलाई आफ्नो रोजगारदाता कम्पनीले न्यूनतम तलव बराबरको रकम गोसीमा उल्लेख गरे-नगरेको एकिन गरे-नगरेकाबारे यथाशीघ्र जानकारी गराउन अनुरोध गरिएको उपाध्यायले बताए।

    नेपाली राजदूतावास रियादका नियोग उपप्रमुख डम्मरूवल्लभ पौडेलले यसबारे साझ, विहान र विदाको दिनमा समेत काम भइरहेको जानकारी दिए।

    अन्नपूर्णको लागि विष्णु घिमिरेबाट

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार