Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ खुल्यो

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ खुल्यो

बैदेशिक रोजगार पोस्ट
मंगलवार, माघ ८ २०८१
  • काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले वेदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुलाएको छ ।

    आज मंगलबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ७५ करोडको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।

    images

    प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको कम्पनीको सेयर अंकित मूल्यमा नै निष्कासनमा आएको हो ।

    धितोपत्र दर्ता तथा निष्कासन नियमावलीको व्यवस्था अनुसार पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आईपीओ निष्कासनमा ल्याएको हो ।

    नियमावलीको व्यवस्था अनुसार सार्वजनिक निष्कासनको लागि अनुमति पाएको सेयर संख्याको १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि छुट्याउनुपर्ने हुन्छ । सोही अनुसार २२ करोड ५० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर वेदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि मंगलबारबाट सेयर निष्कानसनमा ल्याएको हो ।

    कम्पनीको सेयरमा लगानी गर्न चाहाने इच्छुक लगानीकर्ताले २२ माघभित्र आवेदन दिनुपर्नेछ । कम्पनीको आईपीओमा न्युनतम १० कित्तादेखि अधिकत १ लाखकित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।

    कम्पनीमा हुने लगानी मध्यम जोखिमको रहेको छ । सार्वजनिक निष्कासनको लागि कम्पनीले गराएको रेटिङमा क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर–एनपी बीबी माइनस (आईएस)’ रेटिङ दिएको छ ।

    जसले कम्पनीको वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार