Oct 28 2026 | २०८३ कार्तिक १२ गते

रेड नोटिस जारी भएका निराजन नेपालीलाई यूएईबाट नेपाल ल्याइयो

रेड नोटिस जारी भएका निराजन नेपालीलाई यूएईबाट नेपाल ल्याइयो

बुधवार, मंसिर २६ २०८१
  • काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले रेड नोटिस जारी भएका पूर्वी रुकुमका स्थायी बासिन्दा निराजन नेपालीलाई यूएईबाट पक्राउ गरेर नेपाल ल्याइएको हो ।

    एनसीबी आबुधाबी यूएईको समन्वयमा उनलाई पक्राउ गरिएको थियो ।

    images

    मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ साउन ७ गते उनीविरूद्ध रेड नोटिस जारी भएको थियो ।

    उनलाई मंगलबार नेपाल एयरलाइन्सको जहाजबाट नेपाल ल्याई आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल महाशाखाले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार