Oct 28 2026 | २०८३ कार्तिक १२ गते

२० वटा हलबाट उत्रियो चलचित्र ‘पूर्णबहादुरको सारंगी’, यस्तो छ कारण

२० वटा हलबाट उत्रियो चलचित्र ‘पूर्णबहादुरको सारंगी’, यस्तो छ कारण

शनिवार, मंसिर १ २०८१
  • काठमाडौं । कात्तिक १५ गतेबाट प्रदर्शनरत् चलचित्र ‘पूर्णबहादुरको सारंगी’ मोफसलका २० वटा हलबाट आजबाट एकसाथ उत्रिएको छ ।

    फिल्म निर्माण कम्पनी सेभेन सेजले शुक्रबार एक विज्ञप्ति जारी गर्दै देशभर हाउसफूल रुपमा चलिरहेको भएपनि केही कारणले चलचित्र उर्तानु परेको जानकारी दिएका छन् । स्रोतका अनुसार हलवालाले दिएको चलचित्रको व्यायापारको हिसाव-किताव नमिलेपछि निर्माण टिमले चलचित्र उतार्ने निर्णय लिएका हुन् ।

    images

    विज्ञप्तिमा भनिएको छ, ‘केही सिनेमा घरहरूले चलचित्र पूर्णबहादुरको सारंगी हाउसफुल अकुपेन्सीमा प्रदर्शन भए पनि निर्माण पक्षलाई उपलब्ध गराएको ग्रस कलेक्सन रिपोर्टप्रति असहमत हुँदै मंसिर १ गते शनिबारदेखि सम्बन्धित हलबाट सिनेमा उतार्ने निर्णय भएको छ।’

    यो चलचित्रले एकै दिन तीन करोड ८९ लाखको व्यापार गर्दै एक दिनमा सर्वाधिक कमाउने नेपाली चलचित्र र ९८ चलचित्र भवनमा चार सय ६५ भन्दा बढी सो पाएको रेकर्डसमेत बनाएको छ । प्रदर्शनको १४औँ दिनसम्म आइपुग्दा २७ करोड सङ्कलन गरेको छ ।

    purna-bahadur-ko-sarangi-press-release-1731687410-503x768.jpg

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार