Oct 28 2026 | २०८३ कार्तिक १२ गते

पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको नाफा २१.६३ प्रतिशतले बढ्यो, कुन बैंकले कति कमाए ?

पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको नाफा २१.६३ प्रतिशतले बढ्यो, कुन बैंकले कति कमाए ?

बिहिवार, कार्तिक ८ २०८१
  • काठमाडौं । हाल सञ्चालनमा रहेका २० ओटा वाणिज्य बैंकहरूले २१.६३ प्रतिशत बढी नाफा कमाएका छन् । चालु आर्थिक बर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार २० ओटा वाणिज्य बैंकले असोज मसान्तसम्म वाणिज्य बैंकहरूले २१.६३ प्रतिशत बढी नाफा कमाएका हुन् ।

    गत आर्थिक बर्ष २०८०/८१ को पहिलो त्रैमासमा १३ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएका वाणिज्य बैंकहरूले समीक्षा अवधिमा भने १६ अर्ब २३ करोड १९ लाख रुपैयाँ नाफा कमाएका छन् । जुन गत बर्षको तुलनामा २ अर्ब ८८ करोड ७० लाख ६१ हजार रुपैयाँले बढी हो । 

    images

    समीक्षा अवधिमा १३ ओटा वाणिज्य बैंकहरूको नाफा बृद्धि भएको छ भने ७ वाणिज्य बैंकहरूको घटेको छ ।

    पहिलो त्रैमासमा सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक, कुमारी बैंक, नेपाल एसबिआइ बैंक, एभरेष्ट बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, एनएमबि बैंक, प्राइम बैंकलगायतका १३ ओटा वाणिज्य बैंकहरूको खुद नाफा बृद्धि भएको हो । 

    त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, हिमालयन बैक, राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंकको खुद नाफा समीक्षा अवधिमा घटेको हो। 

    नबिल बैंकले सर्वाधिक बढी कमाउदा एनआइसीको सबैभन्दा कम 

    तथ्याङ्क अनुसार असोज मसान्तसम्म सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको देखिन्छ। गत बर्ष असोज मसान्तसम्ममा १ अर्ब ४६ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको नबिलले समीक्षा अवधिमा सो रकम ३९.९७ प्रतिशतले बृद्धि गरी २ अर्ब ५ करोड ६५ लाख ९० हजार रुपैयाँ पुर्याएको हो । 

    त्यस्तै, चुक्ता पुँजीको हिसाबले पहिलो स्थानमा रहेको ग्लोबल आइएमई बैंक धेरै नाफा कमाउने बैंकहरूमध्येको दोस्रो स्थानमा छ । यो बैंकले असोज मसान्तसम्म १ अर्ब ५१ कराड २१ लाख ४० हजार रुपैयाँ नाफा कमाएको हो ।

    गत बर्ष सोही अवधिमा १ अर्ब २२ करोड ५७ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको ग्लोबल आइएमई बैंकले समीक्षा अवधिमा यस्तो रकम २३.३६ प्रतिशतले बृद्धि गरेको हो । 

    यसैगरी, तेस्रो स्थानमा बढी नाफा कमाउने बैंक नेपाल इन्भेष्टसमेन्ट मेगा बैंक रहेको छ भने चौथो स्थानमा प्राइम बैंक रहेको छ । 

    चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १ अर्ब रुपैयाँ बढी नाफा कमाउने वाणिज्य बैंकहरूमा क्रमशः एनएमबि बैंक, एभरेष्ट बैंक, कुमारी बैंक र प्रभु बैंक रहेका छन् । 

    त्यस्तै, एनआइसी एशिया बैंकलाई भने पहिलो त्रैमासमा नाफा बृद्धि गर्न सकस भएको देखिन्छ । यो बैंकले अन्य बैंकको तुलनामा सबैभन्दा कम ११ करोड ५ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको हो । 

    1729679937-mdtyv.jpg

    यता, गत आर्थिक वर्षको असोज मसान्तसम्म १ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको एनआइसीको नाफा रकम समीक्षा अवधिमा ८२.०६ प्रतिशतले खस्केको हो ।

    यता, गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ८८ करोड ८० लाख रुपैयाँ नोक्सानीमा रहेको कृषि विकास बैंकले भने यस वर्षको सोही अवधिसम्ममा १९ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन छ।

    नाफा बृद्धि गर्ने बैंकहरूमा सिद्धार्थ अगाडि

    चालु आर्थिक बर्षको पहिलो त्रैमासमा नाफा बृद्धि गर्ने बैंकहरूको सूचीमा सिद्धार्थ बैंक अग्रस्थानमा छ । समीक्षा अवधिमा सिद्धार्थ बैंकको नाफा ७९१.६३ प्रतिशतले बृद्धि भएको हो । 

    त्यस्तै, गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ४ करोड २८ लाख ६२ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको सिद्धार्थ बैंकले समीक्षा अवधमिा भने नाफा बढाएर ३८ करोड २० लाख ८४ हजार रुपैयाँ पुर्याएको हो । 

    सिद्धार्थपछि सर्वाधिक बढी नाफा कमाउने बैंकहरूमा लक्ष्मी सनराइज बैंक रहेको छ । लक्ष्मी सनराइज बैंकको नाफा गत बर्षको असोज मसान्तको तुलनामा ४२०.५३ प्रतिशतले बृद्धि भएको हो । गत बर्षको पहिलो त्रैमासमा १० करोड ३० लाख ४१ हजार रुपैयाँ नाफा कमाएको लक्ष्मी सनराइज बैंकले यस बर्ष सोही अवधिमा ५३ करोड ६३ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको छ ।

    यसैगरी, नाफा कमाउने बैंकहरूमध्ये तेस्रो स्थानमा रहेको नेपाल बैंक रहेको छ । नेपाल बैंकले समीक्षा अवधिमा ३२२.९८ प्रतिशतले खुद नाफा बृद्धि गरेको छ भने कुमारी बैंकले पनि ३०८.५० प्रतिशतले नाफा बढाएको छ । 

    नेपाल बैंकले गत बर्षको असोज मसान्तमा १४ करोड २३ लाख ७० हजार रुपैयाँ नाफा कमाएकोमा समीक्षा अवधिमा ६० करोड २१ लाख ९८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । 

    त्यस्तै, गत बर्षको पहिलो त्रैमासमा २६ करोड ३९ लाख ३५ हजार रुपैयाँ नाफा आर्जन गरेको कुमारी बैंकले यस बर्षको पहिलो त्रैमासमा यस्तो रकम बढाएर १ अर्ब ७ करोड ८१ लाख ७७ हजार रुपैयाँ पुर्याएको छ । 

    यता, राष्ट्रिय वाणिज्य बैंक र एनआइसी एशिया बैंकको भने सर्वाधिक बढी ८२.०६ प्रतिशतले नाफा घटेको छ भने राष्ट्रिय वाणिज्य बैंकको ८२.४० प्रतिशत र हिमालयन बैंकको नाफा पनि ३१.२२ प्रतिशतले घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार