Oct 28 2026 | २०८३ कार्तिक १२ गते

कामना सेवा विकास बैंकको नाफा ४६.४० प्रतिशतले बढ्यो

कामना सेवा विकास बैंकको नाफा ४६.४० प्रतिशतले बढ्यो

बुधवार, कार्तिक ७ २०८१
  • काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा कामना सेवा विकास बैंकको नाफा ४६.४० प्रतिशतले बढेर १७ करोड ४९ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।

    गत आवको सोही अवधिमा बैंकको नाफा ११ करोड ९५ लाख २१ हजार रुपैयाँ रहेको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै बैंकको नाफा बढ्न सहयोग पुगेको छ ।

    images

    असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ५.६७ प्रतिशतले बढेर ५१ करोड ८७ लाख ४१ हजार रुपैयाँ पुगेको छ । यस्तै संचालन नाफा ४२.५६ प्रतिशतले बढेर २५ करोड ६७ लाख ५६ हजार रुपैयाँ पुगेको छ ।

    असोज मसान्तसम्म बैंकको वितरणयोग्य नाफा २० करोड ९८ लाख ४४ हजार रुपैयाँ रहेको छ । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख ४६ हजार र जगेडा कोषमा १ अर्ब ६९ कोड ३२ लाख २६ हजार रुपैयाँ छ ।

    ६० अर्ब ७५ करोड ५३ लाख ८९ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ४७ अर्ब ४० करोड ६७ लाख ११ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

    हाल बैंकको प्रतिसेयर आम्दानी (इपिएस) १९ रुपैयाँ ९४ पैसा छ । गत आवको सोही अवधिमा १४ रुपैयाँ ५७ पैसा रहेको थियो । बैंकको खराब कर्जा ३.९६ प्रतिशत रहेको छ । जुन गत आवको सोही अवधिमा ३.४८ प्रतिशत रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार