Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नबिल बैंकको नाफा दुई अर्बभन्दा बढी

नबिल बैंकको नाफा दुई अर्बभन्दा बढी

बुधवार, कार्तिक ७ २०८१
  • काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा नबिल बैंकले दुई अर्ब पाँच करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले बुधबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार, गत वर्षको सोही अवधिको तुलनामा नाफा ३९.९७ प्रतिशले वृद्धि भएको हो ।

    गत वर्षको पहिलो त्रैमासमा नबिलले एक अर्ब ४६ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

    images

    यस अवधिमा बैंकको ब्याज आम्दानी भने घटेको छ । बैंकले असाज मसान्तसम्म १० अर्ब ८१ करोड ९९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा नबिलले १२ अर्ब १३ करोड १८ लाख ब्याज आम्दानी गरेको थियो ।

    बैंकको ग्रस एनपीएल भने ४.२४ प्रतिशत छ । गत वर्षको सोही अवधिमा ग्रस एनपीएल ३.६९ प्रतिशत थियो ।

    बैंकले चालु आर्थिक वर्षको तीन महिनामा चार खर्ब ७९ अर्ब ४५ करोड ५१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने तनि खर्ब ८१ अर्ब २८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार