Oct 28 2026 | २०८३ कार्तिक १२ गते

तीन महिनामा कुमारी बैंकको नाफा एक अर्बभन्दा बढी

तीन महिनामा कुमारी बैंकको नाफा एक अर्बभन्दा बढी

बुधवार, कार्तिक ७ २०८१
  • काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा कुमारी बैंकले एक अर्ब सात करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्ष २६ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको यो बैंकले चालु आर्थिक वर्षमा भने सुधार गरेको हो ।

    गत वर्षको असोज मसान्तसम्मको तुलनामा यो बैंकको नाफा ३०५.५० प्रतिशतले बढेको हो ।

    images

    बैंकको ब्याज आम्दानी भने घटेको छ । गत वर्षको तीन महिनामा १० अर्ब ६० करोड ३८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले यो वर्षको सोही अवधिमा आठ अर्ब ६४ करोड आठ लाख रुपैयाँ आर्जन गरेको छ ।

    बैंकको सञ्चालन मुनाफा भने बढेको छ । यो बैंकले तीन महिनामा एक अर्ब ५४ करोड ९७ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गत वर्षको तीन महिनामा यो बैंकको सञ्चालन मुनाफा ४३ करोड ६६ लाख रुपैयाँ थियो ।

    असोज मसान्तसम्म बैंकको खराब कर्जा ४.९६ प्रतिशत छ । गत वर्षको सोही अवधिमा यो बैंकको खराब कर्जा ४.८६ प्रतिशत थियो ।

    बैंकले तीन महिनाको अवधिमा तीन खर्ब ४७ अर्ब २० करोड निक्षेप संकलन गरेको छ भने दुई खर्ब ८३ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार