Oct 28 2026 | २०८३ कार्तिक १२ गते

माछापुच्छ्रे बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग

माछापुच्छ्रे बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग

बुधवार, कार्तिक ७ २०८१
  • काठमाडौं । माछापुच्छ्रे बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग गरेको छ ।

    माछापुच्छ्रे बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विगत केही समय अगाडी आएको बाढीपहिरो र डूबानबाट प्रभावित तथा पिडितहरुलाई सहयोग पुगोस भन्ने उद्धेश्यले २५ लाख रुपैंया सहायता स्वरुप प्रदान गरेको हो । 

    images

    बैंककोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका अध्यक्ष श्री रोशन के.सी.ले सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार २५ लाख रुपैंयाको चेक हस्तान्तरण गरेको छ । 

    उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत तथा बैंक ब्यवस्थापनका उच्च पदस्थ पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार