Oct 28 2026 | २०८३ कार्तिक १२ गते

विप्लव नेतृत्वको नेकपाले गर्‍यो अमेरिकाले अघि सारेको धार्मिक नीतिको विरोध

विप्लव नेतृत्वको नेकपाले गर्‍यो अमेरिकाले अघि सारेको धार्मिक नीतिको विरोध

मंगलवार, कार्तिक ६ २०८१
  • काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले अमेरिकी सरकारले अगाडि सारेको अन्तर्राष्ट्रिय धार्मिक नीतिविरुद्धको विरोध गरेको छ।

    नेकपाको अन्तर्राष्ट्रिय विभागका सदस्य खगेश्वर सीले आज एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएको हो।

    images

    विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकाले जसरी धार्मिक स्वतन्त्रताको प्रचार गरेको छ वास्तवमा त्यो जनताको धर्मप्रतिको स्वाभाविक चिन्ता नभएर कथित अमेरिकी स्वार्थ पूरा गर्न अघि सारिएको धर्म राजनीति हो ।’

    अमेरिकी यो कदम भूमण्डलीकृत साम्राज्यवादी नीति लागू गर्ने हस्तक्षेपकारी भएको उल्लेख गरेको छ।

    अमेरिकी नीतिले नेपालको स्वाधीनता, परम्परा, नेपालीजनका स्थानीय रीतिरिवाज एवं संस्कारलाई तहसनहस पार्ने देखिने उल्लेख गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार