Oct 28 2026 | २०८३ कार्तिक १२ गते

युरो, पाउन्ड र अस्ट्रेलियन डलरको घट्यो, हेर्नुहोस् सबै विदेशी मुद्राको सूची

युरो, पाउन्ड र अस्ट्रेलियन डलरको घट्यो, हेर्नुहोस् सबै विदेशी मुद्राको सूची

मंगलवार, कार्तिक ६ २०८१
  • नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, कुबेती दिनारसहित केही विदेशी मुद्राको मूल्य बढेको छ। युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित केही विदेशी मुद्रा भने सस्तिएका छन्।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८२ पैसा छ। 

    images

    हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८१ पैसा थियो। 

    त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४५ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ३० पैसा कायम भएको छ। हिजो यूरो एकको खरिददर एकसय ४५ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ४९ पैसा थियो। 

    आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ८६ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ। हिजो पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ९५ पैसा थियो। 

    आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९० रुपैयाँ १५ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०१ पैसा र बिक्रीदर ९० रुपैयाँ ४२ पैसा थियो। 

    Screenshot_2024-10-22_050932_MBasjkocDV.png
    undefined

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार