Oct 28 2026 | २०८३ कार्तिक १२ गते

छक्का पञ्जाको आम्दानीबाट बाढी पीडितलाई सहयोग गरिने

छक्का पञ्जाको आम्दानीबाट बाढी पीडितलाई सहयोग गरिने

सोमवार, कार्तिक ५ २०८१
  • काठमाडौं । गत असोजमा आएको बाढी पहिरोले सखाप पारेको सिन्धुली र काभ्रेको बाढी पीडितलाई चलचित्र छक्का पञ्जा ५ समुहले सहयोग गर्ने भएको छ । यो टिमले काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै सो सहयोग घोषणा गरेको हो ।

    यो चलचित्रका निर्माता एवम् अभिनेता दिपकराज गिरीले आफुहरु तिहारपछि त्यो क्षेत्रमा पुन निर्माणको लागि जाने बताएका छन् । यतिबेला चलचित्रको प्रदर्शनीमा व्यस्त भएकाले आफुहरु सो क्षेत्रमा जान पाएको उनले बताएका छन् । यस अघि पनि काभ्रेमा आफुहरुले चलचित्र छायाँकन गरेको गाउँमा एम्बुलेन्स प्रदान गरेको पनि उनले जानकारी गराए ।

    images

    ‘हामीले चलचित्र छक्का पञ्जा ५ को छायाँकन काभ्रेको मँगलटार सिन्धुलीका दुम्जा लगायतको क्षेत्रमा गरेका थियौं । हामीले छायाँकन गरेका धेरै गाउँ र खेतका फाँटहरु अहिले बगरमा परिणत भएको देख्दा मन दुखेको छ ।’ त्यसैले आफुहरु तिहारपछि सो क्षेत्रमा पुन निर्माण र आर्थिक सहयोगको लागि जाने उनले बताए ।

    चलचित्र छक्का पञ्जाले त्यहाँ कम्तीमा एउटा गाउँमा केही टहराहरु बनाएर बसोबासको लागि सहयोग गर्ने यसका निर्देशक दीपाश्री निरौलाले बताईन्,‘उहाँहरुले हामीसँग अहिले बासको माग गर्नु भएकोले हामी केही हप्ता त्यही बसेर पुन निर्माणमा जुट्नुका साथै आर्थिक सहयोग पनि गर्ने छौं ।’

    कलाकार केदार घिमिरेले आफुहरुले छायाँकन मात्र नगरेर गाउँलेहरुलाई पर्दा पीडामा मलम पनि लगाउने बताए । केही घर निर्माणसँगै उनीहरुलाई तत्काल खानको लागि आर्थिक सहयोग गर्ने पनि केदारले कार्यक्रममा जानकारी गराए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार