Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अवैध रूपमा बसेका आप्रवासी कामदारलाई यूएई सरकारको आममाफी

अवैध रूपमा बसेका आप्रवासी कामदारलाई यूएई सरकारको आममाफी

बुधवार, भाद्र १९ २०८१
  • काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले गैरकानूनीरुपमा बस्दै आएका विदेशी नागरिकलाई लाइफलाइन प्रदान गर्दै भिसा आममाफी कार्यक्रम ल्याएको छ ।

    यूएई सरकारले अवैधरुपमा बसिरहेका विदेशी नागरिकलाई वैध रुपमा काम गर्न दिने तथा स्वदेश फर्कन चाहनेका लागि दुई महीने आममाफीको व्यवस्था गरेको हो। यो व्यवस्था  १ सेप्टेम्बरदेखि ३० अक्टोबरसम्म कायम रहनेछ ।

    images

    जसका कारण बिनाभिसा लुकीछिपी यूएई बसेका जुनसुकै देशका नागरिकले बिनाजरिमाना र बिनासजाय आफ्नो देश जान वा काम र भिसा दिने स्पोन्सर पाएमा वैध रूपमा पुनः यूएईमै काम गर्न पाउने भएका छन् ।

    यसैबीच यूएईस्थित नेपाली दूतावासले यो आममाफीको भरपूर सदुपयोग गर्न त्यहाँस्थित नेपालीहरुलाई आग्रह गरेको छ । प्रवेशाज्ञाको अवधि सकिएर म्यादभन्दा बढी बसेका र कम्पनी छाडेर भागेका व्यक्तिहरु आममाफीसम्बन्धी व्यवस्थाबाट लाभान्वित हुन सक्ने दूतावासले जनाएको छ । तर, बिनाभिसा यूएई प्रवेश गरेका व्यक्तिहरूमा भने यो नियम लागू हुनेछैन ।

    उक्त सेवा दुबईमा आमेर केन्द्रहरू र अल अविरमा रहेको रेसिडेन्सी र विदेशी मामिलाहरूको महानिर्देशनालय केन्द्रले प्रदान गर्नेछ । भने अबुधावीका लागि अल धाफ्रा, सुवाइहान, अल मकाम र अल शाहमामा रहेका आईसीपी केन्द्रहरूबाट सेवा लिन सकिने यूएईस्थित नेपाली दूतावासले जनाएको छ ।

    आममाफी व्यवस्थाअनुसार यूएईको अध्यागमनको नियमानुसार लाग्ने जरिवाना तथा शुल्कसमेत मिनाहा हुने र भविष्यमा युएई आउँदा हुने सम्भावित प्रतिबन्धबाट समेत छुटकारा पाइनेछ ।

    यो नियमले अवैध रूपमा बसेका नेपालीलाई पनि ठुलो राहत मिलेको छ । वैधरुपमा यूएईमै बस्न चाहनेले काम खोज्न यूएई सरकारले तोकेको पाँच सय दिराम (करीब रु १५ हजार) शुल्क तिरी ६ महिनाका लागि अस्थायी प्रवेशाज्ञा प्राप्त गर्न सक्ने छन्। त्यसका लागि राहदानीको आवेदन दिन नेपाली नागरिकता, पुरानो राहदानीको प्रतिलिपि वा प्रहरी प्रतिवेदनसहित नेपाली दूतावासमा सम्पर्क गर्न सकिनेछ ।नेपाल फर्कन चाहने राहदानी नभएका नेपालीलाई दूतावासले ट्राभल डकुमेन्ट बनाउन सहयोग गर्नेछ ।

    यूएईमा करिब ७० हजार नेपाली अवैध रूपमा बसेर काम गरिरहेको सरकारी अनुमान छ ।  

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार