Nov 08 2026 | २०८३ कार्तिक २३ गते

इजरायलका लागि प्रस्तावित राजदूतको सुनुवाइ सुरु

इजरायलका लागि प्रस्तावित राजदूतको सुनुवाइ सुरु

बैदेशिक रोजगार पोस्ट
सोमवार, भाद्र १७ २०८१
  • काठमाडौं । इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितको संसदीय सुनुवाइ सुरु भएको छ ।

    संसदीय सुनुवाइ समितिले आजको बैठकमा इजरायलका लागि सिफारिस भएका पण्डितको सुनुवाइ सुरु गरेको हो । समितिमा प्रस्तावित राजदूतको कार्ययोजनामाथि छलफल हुनुका साथै सदस्यहरूले प्रश्न गर्नेछन् ।

    images

    सरकारले १४ साउनमा १८ देशका लागि राजदूत सिफारिस गरेको थियो । तर, अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत कान्ता रिजालबाहेक १७ देशका प्रस्तावित राजदूतहरूको नाम मात्र समितिमा पुगे छ । प्राप्त नामावली अनुसार संसदीय सुनुवाइ समितिले आइतबारदेखि सुनुवाइ सुरु गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार