Oct 28 2026 | २०८३ कार्तिक १२ गते

डकैती गर्न पुगेका बबिसिंहद्वारा गोली प्रहार गरी मुनाको हत्या, आजीवन काराबासदेखि मृत्युदण्डसम्म हुनसक्ने

डकैती गर्न पुगेका बबिसिंहद्वारा गोली प्रहार गरी मुनाको हत्या, आजीवन काराबासदेखि मृत्युदण्डसम्म हुनसक्ने

आइतवार, भाद्र १६ २०८१
  • अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा नेपाली छात्रा मुना पाण्डेको हत्या अभियोगमा पक्राउ परेका ५१ वर्षीय बबिसिंह साहविरूद्ध दुईवटा मुद्दा दर्ता भएको छ । 

    बिहीबार ह्यारिस काउन्टीको सरकारी वकिल कार्यालयले बबिविरूद्ध हत्या (क्यापिटल मर्डर) र गैरकानुनी हातहतियार विरूद्धको मुद्दा दर्ता गरेको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।‍

    images

    बबि बुधबार स्थानीय समयअनुसार राति ९ बजे पक्राउ परेका थिए। त्यसअघि प्रहरीले सिसीटिभी फुटेजबाट प्राप्त भएको अभियुक्तको तस्बिर सार्वजनिक गरेको थियो । लगत्तै बबी बन्दुकसहित पक्राउ परेका थिए । 

    उनलाई हत्या मुद्दामा ३ अक्टोबर र गैरकानुनी रूपमा हतियार बोकेर हिँडेको मुद्दामा अक्टोबर ५ मा अदालतमा उपस्थित गराइने बताइएको छ । सरकारी वकिल कार्यालयको स्टेटमेन्टमा  डकैती गर्ने क्रममा अभियुक्तले मुना पाण्डेमाथि गोली चलाएको भनिएको छ ।

    ह्युस्टनका विभिन्न स्थानीय सञ्चारमाध्यमहरूले पनि प्रहरीलाई उद्धृत गर्दै बबिसिंह डकैती गर्न मुनाको अपार्टमेन्टमा पुगेको लेखेका छन् । अभियुक्त शनिबार राति ८:४० बजे मुना बस्ने अपार्टमेन्टमा पुगेका थिए ।

    पेस्तोलसहित पुगेका उनले केहीबेर ढोका ढक्ढकाए । ढोका खोलेर बाहिर निस्केकी मुनाले सोधखोज गर्न नपाउँदै ती अभियुक्तले कोठा भित्रतर्फ धकेलेको र आफूपनि प्रवेश गरी भित्रबाटै चुकुल लगाएको प्रहरीलाई उद्धृत गर्दै क्लिकटुह्युस्टनले उल्लेख गरेको छ ।

    सिसीटिभी फुटेजअनुसार त्यतिबेला मुनाको हातमा सपिङ ब्याग, पर्स लगायत केही सामग्रीहरू देखिएको थियो । त्यसको एक घन्टापछि अभियुक्त ‍घरबाहिर निस्किएका थिए । त्यही रात छिमेकीहरूले केही पड्केको असामान्य आवाज सुनेको पनि प्रहरीलाई बताएका छन् ।

    मुना सोमबार साँझ पौने ६ बजे मृत भेटिएकी थिइन् । उनको शरीरका विभिन्न भागमा गोली प्रहार भएको अवस्थामा मृत भेटिएकी थिइन् । प्रहरीका अनुसार मुनाको टाउको पछाडिको भागमा पनि एउटा गोली प्रहार भएको छ । 

    पक्राउ परेका बबिलाई बिहीबार प्रहरीले अदालतमा उपस्थित गराएको थियो । अदालतले उनलाई जमानतमा छाड्न अस्वीकार गरिसकेको छ । उनीविरूद्ध दर्ता भएको अभियोगमा आजीवन कारावासदेखि मृत्युदण्डसम्मको सजाय हुने व्यवस्था छ । 

    २१ वर्षीया मुना ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ पढ्दै थिइन्। उनी सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार