Oct 28 2026 | २०८३ कार्तिक १२ गते

इजरायलले केयरगिभरका लागि लैजाने कामदार छनोट गर्यो

इजरायलले केयरगिभरका लागि लैजाने कामदार छनोट गर्यो

आइतवार, भाद्र १६ २०८१
  • काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्र केयरगिभरका लागि लैजाने कामदारको नाम छनोट गरेको छ ।

    गत बिहीबार जेरुसेलमस्थित जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिवा) ले गोलाप्रथामार्फत २ हजार २ सय २ जना नेपाली कामदार छनोट गरेको हो । नेपालस्थित इजरायली दूतावासका अनुसार छानिएकामध्ये १ हजार १ सय ९६ जना महिला र १ हजार ६ जना पुरुष छन्। छनोट भएकाहरूको नाम छिट्टै सार्वजनिक हुने बताइएको छ।

    images

    कामदार छनोट प्रक्रिया पारदर्शी र निष्पक्षरूपमा सम्पन्न भएको इजरायली दूतावासले जनाएको छ। छनौट कार्यक्रममा लाइभ भिडियो कन्फ्रेन्समार्फत् नेपालस्थित इजरायली दूतावासका प्रतिनिधि, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, सञ्चारकर्मी एवं सरोकारवालाले समेत सहभागिता जनाएका थिए।

    सरकारले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न जाने सहायक कामदारका लागि आवेदन दिँदा पेस गरिएका कतिपय केयर तालिमका कागजात नक्कली भएको सार्वजनिक भएपछि श्रम मन्त्रालयले उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । 

    वैदेशिक रोजगार विभागले ३ हजार ४ सय ६१ जना कामदारको नामावली इजरायल पठाएको थियो । जसमध्ये २ हजार २ सय २ जना कामदार छनोट गरेको हो । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार