Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगारी

एक महिनामा ५९ हजारभन्दा बढी नेपाली रोजगारीका लागि विदेश उडे

एक महिनामा ५९ हजारभन्दा बढी नेपाली रोजगारीका लागि विदेश उडे

आम्दानी र खर्चको असमानताका कारण दैनिक घर खर्च चलाउन सकस हुने भएकोले युवाहरु देश छोड्न बाध्य छन् ।

बिहिवार, भाद्र १३ २०८१
  • काठमाडौँ । घरपरिवारबाट बिछोडिएर टाढा बस्ने रहर कसलाई हुन्छ र ? आम्दानी र खर्चको असमानताले दैनिक घर खर्च चलाउन सकस हुने भएकोले युवाहरूदेश छोड्न बाध्य छन् । युवाहरू रहरले विदेशिएका होइनन् । विदेशमा अवसर र सम्भावनाहरूधेरै छन् । जागिरको अवसर छ । राम्रो आम्दानी छ । फलस्वरुप युवाहरू अवसरको खोजीमा बिदेशिन बाध्य छन् ।

    दैनिकजसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वैदेशिक रोजगारको लागि विदेश जाने युवा र तिनका आफन्तजनले खचाखच भरिएको हुन्छ । विदेश जान तम्तयार भएर फ्लाइट पर्खिरहेका युवाहरू खादा र माला लगाएर आफन्तहरुसँग विदाइका फोटोहरू सामाजिक सन्जालमा छरपष्ट देखिन्छन् ।

    images

    दैनिक सरदर दुई हजारभन्दा बढी युवा देश छोडेर रोजगारी बिदेशिन बाध्य छन् । वैदेशिक रोजगारको लागि बिदेशिनेहरुको सङ्ख्या कहालीलाग्दो छ । देश छाड्ने युवा श्रमिकहरुको सङ्ख्या हेर्दा लाग्छ निकट भविष्यमा देश नै रित्तिने अवस्था आउँदै छ । देश नै विदेश गइरहेको जस्तो छ ।

    गत साउन महिनामा ५९ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार साउन महिनामा ५९ हजार ५ सय ७५ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका हुन् ।

    जसमा ५१ हजार ४ सय ३० पुरुष र आठ हजार १ सय ४५ महिला रहेका छन् । पहिलो पटक श्रम स्वीकृति लिएर जानेको सङ्ख्या भने ३६ हजार ९ सय २८ रहेको छ । जसमा ३१ हजार २ सय ५६ पुरुष र ५ हजार ६ सय ७२ महिला रहेका छन् ।

    वैदेशिक रोजगारीमा जानेहरू मध्ये सबैभन्दा बढी यूएई गएका छन् । यूएईका लागि १७ हजार ५ सय ४१ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा १४ हजार ८ सय २३ पुरुष र दुई हजार ७ सय १८ महिला रहेका छन् ।

    यसैगरी क्रमशः साउदी अरेबिया ११ हजार ८ सय ९, कतार ११ हजार ७ सय ८५, कुवेत ४ हजार ६ सय ९५, रोमानिया २ हजार २ सय ९८, मलेसिया १ हजार ३ सय ४४ जनाले श्रम स्वीकृति लिएका छन् । पछिल्लो समय मलेसियाले आप्रवासी कामदार ल्याउन रोक लगाएसँगै मलेसिया जाने श्रमिकको सङ्ख्या घटेको छ ।

    स्वदेश छाडेर विदेश लम्कनेहरुको संख्या दिनानुदिन बढिरहेको बेला स्वदेशमै युवालाई राख्ने एकमात्र उपाय भनेको उनीहरुमा आशा जगाउनु नै हो । उनीहरुमा आशा जगाउन सकियो भने ऋणको बोझ र बाध्यतामा युवाहरुले देश छोड्नुपर्ने बाध्यताबाट उनीहरु मुक्त हुन्छन् र स्वदेशमै गरी खाऔं भन्ने हाम्रो नाराले पनि सार्थकता पाउन सक्छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार