Oct 28 2026 | २०८३ कार्तिक १२ गते

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

शुक्रवार, बैशाख ७ २०८१
  • काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेहरूमा दोलखा कालिन्चोक गाउँपालिका-७ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने ३१ वर्षीय अरुण सिवाकोटी र धनकुटा महालक्ष्मी नगरपालिका-६ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने ४१ वर्षीय जगनाथ नेपाल रहेका छन् ।

    images

    पक्राउमध्ये अरुणले पोल्यान्ड पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको र जगनाथले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रुपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अरुणलाई काठमाडौं पेप्सीकोला र जगनाथलाई  काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो । 

    उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार