Oct 28 2026 | २०८३ कार्तिक १२ गते

श्रीवैष्णव परिषद् यूएईद्धारा श्रीकृष्ण जन्माष्टमी कार्यक्रम सम्पन्न

श्रीवैष्णव परिषद् यूएईद्धारा श्रीकृष्ण जन्माष्टमी कार्यक्रम सम्पन्न

बिहिवार, भाद्र १३ २०८१
  • यूएई । श्रीवैष्णव परिषद् यूएईको आयोजनामा श्रीकृष्ण जन्माष्टमी कार्यक्रम सम्पन्न भएको छ । गत सोमवार वरदुबईस्थित पिंकी रेस्टुरेन्टको हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा दियो, कलश र गणेशको मन्त्रोचरणका साथ श्रीबैष्णव परिषद् यूएईका उपाध्यक्ष सम्पत कुमार न्यौपानेबाट पुजा प्रारम्भ भएको थियो भने बाल कलाकार एरिका भट्टराई र अजिता सिहं ठकुरीले भगवान श्रीकृष्णको भजनमा नृत्य प्रस्तुत गरि सम्पुर्ण उपस्थित भक्त भागवतहरुलाई भक्तिमय बनाएका थिए । त्यसै गरि हिन्दु जागरण यूएईको भजन मण्डलीबाट भगवान श्रीकृष्णको भजन गाएर कार्यक्रमलाई अझ आकर्षित बनाएका थिए ।

    images
    0ebea1e5-7abc-4ece-8f10-8536818b9475.jfif
    श्रीकृष्ण भगवानको पुजा गर्दै 

    कार्यक्रममा नेपालबाट आमन्त्रित श्री बिश्वप्रकास दासोहं स्वामीद्धारा भगवान श्रीकृष्ण (बाल गोपाल) को तिरुमन्जन गरेका थिए । श्रीबैष्णव परिषद् यूएईकी उपाध्यक्ष अन्जली भट्टराई, सदस्यहरु ममता शर्मा ढकाल, चन्द्रीका भन्डारी र बनिता दाहालले श्री कृष्ण भगवानलाई श्रीङ्गार् गरेका थिए । कार्यक्रममा उपस्थिति सम्पुर्ण भक्त भागवतहरुलाई श्रीबैष्णव परिषद् यूएईका अध्यक्ष मणी  राम खतिवडाले स्वागत गरेका थिए ।

    कार्यक्रममा स्वामी श्री बिश्वप्रकास दासोहंद्धारा भगवान श्रीकृष्णको कथा बाचन गरि भक्त भागवतहरुलाई मन्त्रमुग्ध बनाएका थिए। भजन मण्डलीहरुबाट गाइएको भक्तिमय संगीतमा भक्तभागवतहरुको उत्कृष्ट नृत्यले कार्यक्रम संगीतमय बनेको थियो ।

    a5d201b4-4d54-4063-8837-31d5f2b67412.jfif
    पुस्तक विमोचन गर्दै रापप्रा नेता तोयानाथ लम्साल

    कार्यक्रममा नेपाली समाज यूएईका अध्यक्ष बेद प्रसाद अर्याल ,राप्रपा केन्द्रिय सदस्य तथा धार्मिक अभियान्ता एवं समाजसेवी, तोयानाथ लम्साल, पत्रकार लक्ष्मण खनाल, राजेन्द्र अधिकारी, गोपि भुसाल, तिलक सापकोटा, जे सागर, भवानी नेपाल, ओम प्रकाश न्यौपाने, रमेश न्यौपाने लगाएतको उपस्थिती रहेको थियो ।

    c241b081-cab7-4758-b1d4-73ec9d22862e.jfif
    श्रीकृष्ण भगवान

    सो कार्यक्रममा राप्रपा केन्द्रिय सदस्य तथा धार्मिक अभियान्ता तोयानाथ लम्सालले अभिषेक जोशीद्वारा लिखित पुस्तक बेद, बुद्ध र दिब्योपदेश पुस्तक बारे भक्तभागवतहरुलाई जानकारी गराउनुका साथै प्रवासमा रहेर पनि नेपालीहरुले आफ्नो धर्म संस्कार प्रति देखाउनुभएको लगावको सबैलाई उच्च सम्मान  गरेका थिए । साथै यस्ता कार्यक्रमहरुले नेपालीहरुको पारस्परिक एकता, भागवत भाव एवं आध्यात्मिक ज्ञान अझ प्रगाढ रहने उनको भनाइ थियो ।

    कार्यक्रमको अन्तमा भगवान श्रीकृष्णको प्राकट्य उत्सवका साथ भगवानको आरती गरेर सम्पन्न भएको थियो। कार्यक्रमको समापन पछि सम्पुर्ण भक्त भागवतहरुलाई श्रीबैष्णव परिषद् यूएईका सचिब गणेश जोशी, सदस्यहरू अर्जुन ढकाल र अच्युत नेपाल, रबिन कोइराला र शैलेश नेपालले प्रसाद,पानी वितरण  गरि बिदाइ गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।

    3be2a627-61e7-4c94-ab54-70ecf1350e84.jfif
    उपस्थित भक्तजनहरु 

    कार्यक्रम श्रीबैष्णव परिषद् यूएईका महासचिब प्रदिप दाहाल सन्चालन गरेका थिए । भक्तिभाव पुर्ण वातावरण रहेको कार्यक्रममा दुबईमा रहेका धार्मिक अभियन्ता, सामाजिक बौद्धिक ब्याक्तित्व लगाएत बिभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उल्लेखनिय उपस्थिती रहेको थियो । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार