Oct 28 2026 | २०८३ कार्तिक १२ गते

ममता काफ्ले हराउनु अघिनै श्रीमानको गुगल सर्च : श्रीमती ‘मरेको’ कति समयपछि अर्को बिहे गर्न मिल्छ ?

ममता काफ्ले हराउनु अघिनै श्रीमानको गुगल सर्च : श्रीमती ‘मरेको’ कति समयपछि अर्को बिहे गर्न मिल्छ ?

बैदेशिक रोजगार पोस्ट
मंगलवार, भाद्र ११ २०८१
  • काठमाडौं । अमेरिकाको भर्जिनियाबाट बेपत्ता भएकी नेपाली मूलकी महिला ममता काफ्ले भट्टका श्रीमान नरेश भट्टले केही महिना पहिले सरकारी कम्प्युटरमा ‘श्रीमती मरेको कति समयपछि अर्को विवाह गर्न मिल्छ ?’ भनेर गुगल सर्च गरेको भेटिएको छ।

    अमेरिकी मिडिया वाशिङ्टन पोस्टका अनुसार एक अभियोजकले अदालतमा सुनुवाइको क्रममा यसको खुलासा गरेका हुन्। श्रीमती बेपत्ता हुनुभन्दा केही महिना पहिले नरेश सरकारी करारको काम गर्थे।

    images

    यस समयमा उनले आफ्नो कार्यालयकै कम्प्युटर प्रयोग गरेर श्रीमतीको मृत्युपछि अर्को बिहेबारे गुगल सर्च गरेका थिए। यसले उनको नियत श्रीमतीको हत्या गर्ने रहेको अभियोजन पक्षले दाबी गरेको छ।

    ३७ वर्षीय नरेश भट्ट सोमबार अदालतमा दोस्रो पटक उपस्थित भएका थिए। सुनुवाइमा अधिकारीहरूले २८ वर्षीया ममता काफ्ले भट्ट बेपत्ता भएको सम्बन्धमा थप प्रमाण राखेका थिए।

    अभियोजनकर्ताहरूले नरेशका साथीहरूले यसअघि पनि उनलाई श्रीमतीलाई दुर्व्यवहार गरेको आरोप लगाएको बताए। अधिकारीहरूले गत हप्ता उनको उत्तरी भर्जिनियामा रहेको घरको खोजी गर्दा ममता भट्टको हत्या भएको संकेत गर्ने अपराध स्थल फेला पारेका थिए।

    सुनुवाइको अन्त्यमा न्यायाधीशले नरेश भट्टलाई अदालतको अर्को सुनुवाइसम्म धरौटीबिना हिरासतमा राख्न सकिने फैसला गरे।

    “त्यो मास्टर बेडरुम र बाथरुममा भएको रगतको मात्रा जीवित रहन नसकिने परिमाणको चोटको सङ्केत हो”, प्रिन्स विलियम काउन्टी अदालतमा अभियोजक सारा सामीले भनिन् “यस मामिलामा प्रत्येक संकेत ममता अब जीवित छैनन् भन्ने हो। र, राष्ट्रमण्डलले शव बिना पनि हत्याको आरोप लगाउन सक्छ। “

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार