Nov 01 2026 | २०८३ कार्तिक १६ गते

सुनको मूल्य ह्वात्तै घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य ह्वात्तै घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

आइतवार, कार्तिक १६ २०८३
  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुनको मूल्य प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेको हो ।

    महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

    images

    त्यस्तै, आज सुनको मूल्य १० ग्रामको २ लाख ३३ हजार १९५ रुपैयाँ कायम भएको छ ।

    चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला ३ हजार ८२५ रुपैयाँ रहेको चाँदी आज १७५ रुपैयाँले घटेर ३ हजार ६५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    आज चाँदी १० ग्रामको ३ हजार १३० रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार