Oct 28 2026 | २०८३ कार्तिक १२ गते

कुरिनटारमा ३ सवारी एकापसमा ठोक्किए, ११ जना घाइते

कुरिनटारमा ३ सवारी एकापसमा ठोक्किए, ११ जना घाइते

मंगलवार, कार्तिक ११ २०८३
  • काठमाडौँ । चितवनको ईच्छाकामना–४ धारापानी स्थित पृथ्वी लोकमार्गमा ट्रक, बस र माइक्रो  एक–आपसमा ठोक्किएर दुर्घटना भएको छ ।

    सर्लाहीबाट काठमाडौँ आउँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाडौँबाट मुग्लिन तर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट काठमाडौँ आउँदै गरेको बाग्मती प्रदेश ०३–००१ ज १२५९ नम्बरको माइक्रो बस आज बिहान ०८ः४५ बजे एक आपसमा ठोक्किएका हुन् ।

    images

    सो दुर्घटनामा ११ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ६६ जनाको टोलीले घाइतेको उद्धार गरेको थियो ।

    दुर्घटनापछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ । घाइतेलाई स्थानीय अस्पताल र कुरिनटार स्थित सशस्त्र प्रहरी बलको ट्रमा सेन्टरमा लगिएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार