Oct 28 2026 | २०८३ कार्तिक १२ गते

मोदी र बाइडेनबीच टेलिफोन वार्ता, के–के भयो कुराकानी ?

मोदी र बाइडेनबीच टेलिफोन वार्ता, के–के भयो कुराकानी ?

बैदेशिक रोजगार पोस्ट
मंगलवार, भाद्र ११ २०८१
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग फोनमा कुराकानी गरेका छन् । दुई नेताबीच युक्रेनलगायत विश्वका विभिन्न विषयमा छलफल भएको थियो । कुराकानीका क्रममा प्रधानमन्त्री मोदीले युक्रेनमा शान्ति र स्थायित्वका लागि भारतको समर्थन दोहोर्‍याएका थिए  ।

    मोदी र बाइडेनबीच बंगलादेशको विषयमा पनि छलफल भएको थियो । मोदी र बाइडेनले बंगलादेशको अवस्था छिट्टै सामान्य बनाउन जोड दिएका थिए । साथै बंगलादेशमा कानून र व्यवस्थाको चाँडो पुनर्स्थापना र अल्पसंख्यक, विशेष गरी हिन्दूहरूको सुरक्षा सुनिश्चित गर्नमा जोड दिए ।

    images

    प्रधानमन्त्री मोदी गत हप्ता २३ अगस्टमा युक्रेनको भ्रमणमा थिए । यसै क्रममा राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेटेका मोदीले भनेका थिए, ‘भारत सधैं शान्तिको पक्षमा रहेको छ । मैले केही दिनअघि रुसी राष्ट्रपति पुटिनलाई भेटेको थिएँ । त्यसपछि मैले उनलाई मिडियाको अगाडि आँखा चिम्लेर हेरें र भने कि यो युद्धको समय होइन ।' 

    युक्रेनको मारिन्स्की प्यालेसमा मोदी र जेलेन्स्कीबीच करिब ३ घण्टा भेटवार्ता भएको थियो । मोदी जेलेन्स्कीसँगै युक्रेनको राष्ट्रिय संग्रहालय पनि गए, जहाँ उनले युद्धमा मारिएका बालबालिकालाई श्रद्धाञ्जली अर्पण गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार