Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

एनपीएल सुरक्षामा १,२०० बढी प्रहरी परिचालन, खेलाडीलाई स्कर्टिङ

एनपीएल सुरक्षामा १,२०० बढी प्रहरी परिचालन, खेलाडीलाई स्कर्टिङ

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार, हिजो शनिबार मात्रै सीडीओसहितको टोली कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियम पुगेर अवलोकन गरिएको छ ।

सोमवार, कार्तिक १० २०८३
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । एनपीएलकै लागि भनेर जिल्ला प्रहरी परिसर काठमाडौंले सुरक्षा योजना बनाएर काम सुरू गरेको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार, हिजो शनिबार मात्रै सीडीओसहितको टोली कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियम पुगेर अवलोकन गरिएको छ ।
    प्रहरीले एनपीएलका लागि विभिन्न भागमा वर्गीकरण गरेर सुरक्षा तय गरेको छ । खेलाडीको सुरक्षादेखि, उनीहरू बस्ने आठ वटा होटलको सुरक्षा, होटलबाट स्टेडियम जाँदाआउँदाको सुरक्षा, ट्राफिक व्यवस्थापन, खेल भएको बेला स्टेडियम तथा दर्शकको सुरक्षा गरी वर्गीकरण गरेर सुरक्षा प्रदान गरिने एसएसपी घिमिरेले बताए ।

    images

    खेलको उद्घाटन र समापनमा भीआईपी, भीभीआईपी सवारी हुने भएकाले उनीहरूको सुरक्षा पनि विशेष ख्याल गर्नेगरी व्यवस्था मिलाइएको उनले बताए ।
    त्यस्तै सीसीटीभीबाट निगरानी गर्नेदेखि ड्रोनमार्फत निगरानी गर्ने र डग स्नीफिङ समेत गरिने प्रहरीले बताएको छ ।

    अहिले स्टेडियम वरपर सीसीक्यामेरा समेत जडान गरिएको त्यहाँको निगरानी स्टेडियममै खटिएका प्रहरीले गर्नेछन् । अन्यत्रको सीसीक्यामेराका निगरानी भने प्रहरीको सीसीक्यामेरा कन्ट्रोल रुमबाट हुनेछ । नेपाल प्रहरी बाहेक बाह्य सुरक्षामा सशस्त्र प्रहरी पनि खटिने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार