Oct 28 2026 | २०८३ कार्तिक १२ गते

बंगालको खाडीमा विकसित प्रणाली शक्तिशाली चक्रवातमा परिणत

बंगालको खाडीमा विकसित प्रणाली शक्तिशाली चक्रवातमा परिणत

सोमवार, कार्तिक १० २०८३
  • काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत भएको छ। मौसमविज्ञ उज्ज्वल उपाध्यायका अनुसार ‘अर्नब’ नाम दिइएको उक्त चक्रवातको प्रभावले नेपालमा बिहीबारदेखि वर्षा हुने सम्भावना छ।

    उपाध्यायका अनुसार भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले सोमबार बिहान नेपाली समयअनुसार ५:३० बजे उक्त प्रणालीलाई चक्रवातका रूपमा पुष्टि गरेको हो।

    images

    चक्रवातले मंगलबार मध्याह्नतिर भारतको आन्ध्र प्रदेश र ओडिशाको तटीय क्षेत्रमा प्रभाव पार्ने अनुमान गरिएको छ। त्यसपछि उक्त प्रणाली भारतका अन्य वर्षा गराउने प्रणालीसँग मिसिँदै उत्तरतर्फ,नेपालतर्फ अघि बढ्ने सम्भावना रहेको उपाध्यायले बताएका छन्।

    उनका अनुसार बुधबार रातिसम्म उक्त प्रणाली नेपालमा प्रवेश गर्न सक्ने र बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुन सक्ने देखिएको छ। नेपाल मौसम विज्ञान विभाग तथा जलवायु शाखाले पनि बिहीबारदेखि वर्षाको सम्भावनाबारे जानकारी गराएको उनले उल्लेख गरेका छन्।

    देशैभर वर्षा हुने सम्भावना रहे पनि बिहीबार मध्याह्नदेखि शुक्रबार रातिसम्म कोशी,मधेश,बागमती,गण्डकी र पूर्वी लुम्बिनी क्षेत्रमा विशेष सतर्कता अपनाउन उपाध्यायले आग्रह गरेका छन्।

    चक्रवातको शक्ति र ऊर्जालाई हेर्दा केही स्थानमा भारी वर्षा हुन सक्ने तथा हिमाली क्षेत्रमा व्यापक हिमपातको सम्भावना रहेको उनको आकलन छ। सम्भावित वर्षा र हिमपातबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन उनले आग्रह गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार