Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सर्वोच्च अदालत

सर्वोच्चका लागि सिफारिस चारजना न्यायाधीशविरुद्ध उजुरी आह्वान

सर्वोच्चका लागि सिफारिस चारजना न्यायाधीशविरुद्ध उजुरी आह्वान

सोमवार, कार्तिक १० २०८३
  • काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस चारजना न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ। समितिले सिफारिस उनीहरूविरुद्ध १० दिनभित्र उजुरी दिन भनेको हो।

    समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका डा.रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु,जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध उजुरी आह्वान गरेको हो ।

    images

    समितिले सोमबार सूचना प्रकाशित गर्दै उनीहरूलाई न्यायाधीशमा नियुक्त गर्न उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार र सबुत प्रमाणसहित उजुरी दिन आग्रह गरेको छ ।

    उजुरी दिने व्यक्तिले आफ्नो नाम,थर,ठेगाना र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्नेछ । यद्यपि, सूचनादाताले चाहेमा निजको नाम गोप्य राखिने समितिले जनाएको छ ।

    असोज २० गते बसेको न्यायपरिषद् बैठकले सर्वोच्च अदालतमा चारजनाको नाम सिफारिस गरेको थियो। संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि  राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्नेछन्। 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार