काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन समारोहमा सहभागी हुने भएका छन्। प्रतियोगिता आजदेखि काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदै छ।
नेपाली क्रिकेटको प्रमुख घरेलु टी–२० प्रतियोगिता एनपीएलको उद्घाटन समारोहमा प्रधानमन्त्रीको सहभागिता रहने भएको हो। प्रतियोगिताले नेपाली क्रिकेटको प्रवर्द्धन, खेलाडीको प्रतिभा प्रदर्शन तथा क्रिकेटप्रतिको आकर्षण बढाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।
एनपीएलको तेस्रो संस्करणमा आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्। यी दुई टोलीबीचको खेल भोलि साँझ ५ बजे सुरु हुनेछ।
प्रधानमन्त्री बालेनको सहभागितासँगै एनपीएलको उद्घाटन समारोहलाई विशेष चासोका साथ हेरिएको छ।



