Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

सुनको मूल्य बढ्यो, आज कति पुग्यो ?

सुनको मूल्य बढ्यो, आज कति पुग्यो ?

सोमवार, कार्तिक १० २०८३
  • काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेको हो ।

    महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार ५ सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    images

    त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला ३ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार ४० रुपैयाँले बढेर ३ हजार ९ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ४१ हजार ३ सय ४० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य ३ हजार ४ सय २५ रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार