काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापति पदमा निर्वाचित गगनकुमार थापाले आज असोज ३१ गते शपथ ग्रहण तथा पदबहाली गर्ने भएका छन्।
बडादसैँ फूलपातीका अवसरमा आज दिउँसो २ बजे कांग्रेसको केन्द्रीय कार्यालय (सानेपा) मा नवनिर्वाचित थापाले आज पदको शपथ खाने भएका हुन्। कांग्रेस महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको चुनावको सबै मत गनिसकेपछि आज सभापति थापाले शपथ खान लागेका हुन्।
शपथ ग्रहण तथा पदबहाली समारोहमा सहभागी हुन नेपाली कांग्रेस केन्द्रीय कार्यालयले उपत्यकामा रहेका पार्टीका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीलाई निमन्त्रणा गरेको कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको शपथ भने दसैँपछि गरिने कांग्रेसले जनाएको छ।
नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशनबाट २३१ सदस्यीय समिति चुनिएको छ।



